उपलब्धि प्राप्तिको श्रेय शहीदहरूलाई जान्छ : उपराष्ट्रपति पुन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले प्रजातन्त्र, लोकतन्त्र, संघिय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धिहरू प्राप्तिको मुख्य श्रेय शहीदलाई नै जाने बताउनुभएको छ ।

‘शहीद दिवस-२०७९’ का अवसरमा शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति पुनले प्रजातन्त्र, संघिय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ आफ्नो जीवनको आहुति दिनुहुने सम्पूर्ण शहीदहरुको योगदानको उच्च मूल्यांकन र शहीद परिवारजनमा उच्च सम्मान व्यक्त गर्नुभएको हो ।

उहाँले जहानियाँ राणा शासन विरोधी आन्दोलन तथा त्यसपछिका ठूल-ठूला राजनीतिक क्रान्ति तथा संघर्षमा आफ्नो जीवन आहुति दिनुहुने सम्पूर्ण शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

‘नेपाली जनताको लामो राजनीतिक संघर्षपछि गणतन्त्र, संघियता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था स्थापना भएको छ, महान् वीर शहीदहरूको बलिदानीबाट प्राप्त यी उपलब्धिहरू सविधानमार्फत संस्थागत छन्,’ उहाँले शुभकामना मन्तव्यमा व्यक्त गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?