पार्टी परित्याग गरेका सदस्यको नाम अभिलेखबाट हटाउने राप्रपाको निर्णय

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राप्रपाले पार्टी परित्याग गरेका सदस्यहरुको नाम अभिलेखबाट हटाउने निर्णय गरेको छ ।

काठमाडौंमा बुधबार र बिहीबार चलेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी परित्याग गरेका केन्द्रीय, प्रदेश तथा नगर सदस्यको नाम अभिलेखबाट हटाउने निर्णय गरेको हो ।

बैठकले राप्रपा परित्याग गरेका केन्द्रीय सदस्य–कास्की जयलाल पुन, जिल्ला सदस्य कास्की आत्मा राम सुवेदी, कास्की प्रदेशसभा क्षेत्रीय कार्य समितिको २ (ख) का अध्यक्ष देवेन्द्र बास्तोला र पोखरा महानगरपाििलका नगर कार्यसमितिको अध्यक्ष महेश्वर आचार्यको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय गरेको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?