पोखरामा ‘राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता’ हुँदै

Read Time = 3 mins

काठमाडौं । यही साउन १२ गतेदेखि ‘राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता’ आयोजना हुने भएको छ । नेपाली लोक गीतका हस्ती कल्याण शेरचनको ७६औं जन्मजयन्तीको अवसरमा पोखरा सभागृहमा तीनदिने दोहोरी गीत प्रतियोगिता हुन लागेको हो ।

आयोजक कल्याण शेरचन स्मृति प्रतिष्ठानले काठमाडौंस्थित ‘इन्द्रेणी’ कार्यक्रमको स्टुडियोमा बिहीबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै मोफसलको हालसम्मकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता गर्न लागिएको जानकारी दिएको हो । प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पूर्णबहादुर गुरुङ ‘हृयोल्मो’ले स्वर्गीय शेरचनको पोखरामा प्रतिमा स्थापना गर्ने मूल उद्देश्यले प्रतियोगिता गर्न लागिएको उक्त पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुने समूहले ६ लाख नगद पुरस्कार पाउने कल्याण शेरचन स्मृति प्रतिष्ठानले जनाएको छ । द्धितिय, तृतीय र सान्त्वना हुने समूहलाई क्रमशः ४ लाख, २ लाख र १ लाख रुपैयाँ नगद प्रदान गरिनेछ । प्रतियोगितामा उत्कृष्ट गायक-गायिकालाई ५०/५० हजार रुपैयाँ र अनुशासित समूहलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने कार्यक्रममा जानकारी दिइयो ।

प्रतियोगिताको तयारी तीव्ररूपमा अगाडि बढाइएको र प्रतियोगितामा ४० देखि ५० समूहको सहभागिता रहने आँकलन गरिएको उहाँले बताउनुभयो । प्रतियोगितामा एक महिला र एक पुरुष गरी दुई-दुईजनाको समूह रहने बताउँदै समूह दर्ताका लागि दुई हजार रुपैयाँ तोकिएको दाहालले जानकारी गराउनुभयो ।

प्रतियोगितामा प्रवेश शुल्क भने लाग्ने छैन् । प्रतियोगितामा ५५ लाख आम्दानी र ३९ लाख रुपैयाँ खर्च हुने अपेक्षा आयोजकको छ । बचत रकमबाट स्वर्गीय शेरचनको प्रतिमा स्थापना गरिने कल्याण शेरचन स्मृति प्रतिष्ठानको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?