अमेरिकाबाट शंकास्पद धन भित्र्याएको अभियोगमा पृथ्वीबहादुर शाहसहित पाँच जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अमेरिकाबाट शंकास्पद रकम भित्र्याएको आरोपमा नेपाल राष्ट्र बैंकले छानबिन गरिरहेका व्यवसायी पृथ्वीबहादुर शाहलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले पक्राउ गरेको छ ।

अमेरिकी नागरिक र बैंकिङ ठगी कसुरमा शाह पक्राउ परेका हुन् । उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।

शाहसँगै अन्य पाँच जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । शाहले अमेरिकी नागरिक जुलिया होडेज रिकेटको अमेरिकी डलर ४६ लाख ४६ हजार ७३७ र नेपाली तीन करोड २२ लाख रुपैयाँ ठगी गरेको सीआईबीले जनाएको छ ।

अहिले ठगी आरोपमा पक्राउ गरे पनि शंकास्पद रुपमा भित्रिएको धनबारे पनि अनुसन्धान गरिने एआईजी सुवेदीले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?