एमाले काउसो हो, ऊसँग गठवन्धन हुन सक्दैन : मन्त्री बस्नेत

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 2 mins

सर्लाही । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले नेकपा एमालेसँग मिलेर नयाँ सरकार बनाउन लागेको हल्ला सत्य नभएको बताउनु भएको छ ।

सर्लाहीको कौडेनामा आज नगर अस्पतालको उद्घाटन गर्दै मन्त्री बस्नेतले एमालेलाई काउसोको सज्ञा दिँदै उहाँले यो गठबन्धन नै कायम रहने दावी गर्नुभयो । नेकपा एमालेमा बस्न नसकेर यसअघि समाजवादी तथा माओवादीका नेताहरु समेत बाहिरिएकाले त्यस्तो काउसो जस्तो पार्टीसँग कांग्रेस मिल्नै नसक्ने उहाँको भनाई छ ।

कार्यक्रममा खानेपानी मन्त्री महिन्द्र राय यादवले पनि यो गठगन्धन नै कायम रहने बताउनुभयो । यो सरकारले नागरिकताको समस्या समाधानसहित जनताका समस्या हल गर्दै अघि बढिरहेको उल्लेख गर्नुभयो ।

गाउँपालिकाले १ करोड ७९ लाख रुपैयाँ लागतमा १५ बेडको अस्पताल तयार पारेको गाउँपालिकाका अध्यक्ष रुपेश कुमार यादवले जानकारी दिनुभयो । अस्पताल संचालनका लागि गाउँपालिकाले भर्खरै सूचना निकालेर विशेषज्ञ चिकित्सकको व्यवस्था समेत गरिसकेको छ ।

गाउँपालिका अध्यक्ष यादवले चुनावका बेला आफूले जनतामा गरेको बाचा अनुसार अस्पताल निर्माण गरेको उल्लेख गर्दै अब आफूले अन्य वाचा पनि पूरा गर्दै जाने बताउनुभयो ।

उहाँले जनताकै सेवा सुविधाका लागि र गाउँपालिकाको हितका लागि आफूले कुनै पनि प्रकारको सरकारी सेवा सुविधा नलिएको र अन्य जनप्रतिनिधिले पनि एक देखि दुई महिनाको सुविधा नलिएर गाउँपालिकाको हितमा समर्पण गरेको बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?