एनआरएनएद्वारा गाईघाटमा स्तन क्यान्सर शिविर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)को स्वास्थ्य समितिले उदयपुरको गाईघाटस्थित त्रियुगा हाईस्कुलमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । शिविरमा उदयपुरका विभिन्न ग्रामीण भेगबाट तीन सयभन्दा बढी महिलाले सहभागिता जनाएका थिए ।

त्रियुगा नगरपालिका ११ र उदयपुर जेसिसको सहयोगमा भएको स्वास्थ्य शिविर उद्घाटन गर्दै परराष्ट्रमन्त्री डा. नारायण खड्काले मानवीय कार्यका लागि एनआरएनएलार्ई धन्यवाद दिनुभएको थियो ।

स्वास्थ्य शिविरको संयोजन स्वास्थ्य समितिका सभापति डा. सञ्जीव सापकोटाले गर्नुभएको थियो । महिलाहरूको जाँच गर्ने विज्ञमा क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही हुनुहुन्थ्यो भने नर्भिक अस्पतालका नर्सिङ निर्देशक डा. पुनम केसी, उदयपुर जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. अमृत कर्णले पनि साथ दिनुभएको थियो ।

उदयपुर जेसिसकी साबु थापाको सहयोगमा स्वास्थ्य शिविरको तयारी र व्यवस्थापन गरिएको शिविरमा गाईघाटका फर्मासिस्ट ब्रहृमदेव महतो र त्रियुगा नगरपालिका ११ का वडाध्यक्ष सुमन्त कोइरालाको पनि उपस्थिति रहेको थियो । गत महिना एनआरएनएकी कार्यकारी अध्यक्ष रविना थापाले गाईघाटको भ्रमण गर्दै सो स्वास्थ्य शिविर सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?