घरआगनमै निशुल्क हाडजोर्नी शिविर, ३ सय वढि सेवाग्राही लाभान्वित

जितेन्द्र भण्डारी पाँचथर, संवाददाता
Read Time = 2 mins

पाँचथर । पूर्वी पहाडि जिल्ला पाँचथरको फिदिममा संचालन भएको १० दिने निशुल्क हाडजोर्नी अप्रेशन शिविरमा ३ सय वढि सेवाग्राही लाभान्वित भएका छन् ।

शिविरमा १ सय ८ जनाको अप्रेशन तथा २ सय २६ जनाको चेकजाँच गरिएको थियो । हाडजोर्नीको समस्या भएका, शरीरको विभिन्न अंगमा भएको स्टील,रड निकालिएको डा.मिङमा गेल्जेङ शेर्पाले बताउनुभयो ।

विपन्न नागरिकहरूलाई लक्षित गरी घरआगनीमै सेवा प्रवाह गर्ने उद्धेश्यले पाँचथर, ताप्लेजुङ ,तेह्रथुम लगायतका सेवाग्राहीलाई सेवा प्रदान गर्ने उद्धेश्यले शिविर संचालन गरिएको आयोजक फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले बताउनुभयो ।

फिदिम नगरपालिका, जिल्ला अस्पताल पाँचथरको आयोजना, नेपाल माउण्टेन मोवाइल हष्पिटल बेल्जियम र सोलखम्बु पोलिटेक्निकल एकेडेमीको प्राविधिक सहयोगमा, जनसेवा समाज पाँचथरको ब्यवस्थापनमा शिविर संचालन भएको थियो ।

यसअघि पनि सोही टिमले निशुल्क आँखा शिविर संचालन गरेको थियो । गत मंसिर २१ गतेबाट शुरु भएको शिविर विहीबार सम्पन्न भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?