कालिका मानवज्ञान जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगिता सुरु

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 5 mins

रुपन्देही । नेपालकै नमुना कालिका मानवज्ञान माध्यामिक विद्यालयको ६२ औ वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसर पारेर आयोजना गरिएकोे दोस्रो कालिका जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ।

दोस्रो कालिका जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गर्नु भयो । उदघाटन समारोहमा बोल्दै घिसिङले देशमै शैक्षिक गतिविधिमा अग्रसर रहेको कालिका खेलकुदमा पनि अब्बल रहेको वताउनु भयो ।

आफु पदभार ग्रहण गरेको एक वर्षको अवधिमा नवौ राष्ट्रिय खेलकुदसहित धेरै खेलकुल प्रतियोगिता सम्पन्न गर्न सफल भएको दाबी गर्दैै उहाले उमेर समुहका खेलाडीहरुलाई अवसर दिने रुपमा कार्यक्रम ल्याउन लागिएको वताउनु भयो । खेलकुद विकासमा धेरै लगानी गर्ने विद्यालयहरु पहिचान गरि सम्मानका कार्यक्रमबाट प्रोत्साहन मिल्ने उहाको भनाई छ । एउटा मान्छेको एउटा कर्मका लागि जन्म हुने भन्दै सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा महत्वपूर्ण योगदान हुने गरि घनश्याम पाठक जस्ता ब्यक्तिको जन्म हुने घिसिङले बताउनु भयो।

उदघाटनसत्रमा विद्यालयका कृतिमानी खेलाडी सलिम देवानले टर्च लाईट प्रदर्शन गरेका थिए भने खेलाडीहरुको मार्चपास, विद्यार्थीहरुको पिटी प्रदर्शन गरेका थिए । यसैबिच विद्यालयले वार्षिकोत्सवको अवसरमा पोखरामा सम्पन्न नवौ राष्ट्रिय प्रतियोगिता २०७९ र १२ औ राष्ट्रपति रनिङशिल्डमा विभिन्न विद्यामा पदक जित्ने खेलाडीहरुलाईदोसल्ला, सम्मानपत्रबाट सम्मान गरेको थियो ।

राखेपका सदस्यसचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराई, मदनभण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष धुर्ब आचार्य, वडा नं १० का वडाअध्यक्ष बलु पुन लगायतले एथलेटिक्समा लङजम्प विद्यामा राष्ट्रिय कृतिमानसहित पदक विजेता सलिम देवान, कबडी प्रतियोगितामा पदक बिजेता सतिस चौधरी, धर्मराज धवल, कृष्ण तरामु, आईटिएफ तेक्वान्दोमा पदक जितेका सबिना श्रेष्ठ तथा १२ औ राष्ट्रपति रनिङशिल्डमा कबडीमा स्वर्ण पदक जितेका राहुल अर्याललाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले सरकारबाट गर्नुपर्ने खेलकुद विकासका धेरै गतिविधि सामुदायिक र नीजि विद्यालयबाट भैरहेको बताउनु भयो।

बुटवल कालिका कलेजका प्राचार्य घनश्याम पाठकले खेलाडी देशको गहना ब्यवहारमा उतार्न जरुरी रहेको वताउनु भयो । समाज परिवर्तनमा प्रत्येक घडीमा चुनौती आउने भन्दै यो पार गर्न सक्नु सफलता भएको उहाँको भनाई थियो ।

विद्यालयका प्रधानाध्यापक दिनेश थापाले स्वस्थ्य र खेललाई प्राथमिकता दिदै शिक्षासंग जोड दिने उदेश्यसहित खेलकुद गतिविधिलाई अगाडि बढाईएको बताउनु भयो।

प्रतियोगितामा २४ स्वर्ण, २४ रजत र २४ कास्य पदक गरि ७२ पदकमा खेलाडीहरुले प्रतिस्पर्धा हुने विद्यालयका खेलकुद संयोजक हरिस ओलीले बताउनु भयो । ओलीका अनुसार ४५ वटा विद्यालय सहभागी हुने प्रतियोगितामा प्रथम, द्घितिय र तृतीय टिमलाई नगद ५० हजार, ३० हजार र २० हजार रुपैया, शिल्ड, मेडल, प्रमाणपत्रबाट पुरस्कृत बताउनु भयो। विद्यालयको ६२ औ वार्षिकोत्सब तथा अभिभावक दिवस यहि पुस ७ गते सम्म बिभिन्न कार्यक्रम गरि मनाउने विद्यालयका प्रधानाध्यापक दिनेश थापाले बताउनु भयो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?