फिलिपिन्स उडे शैव्या, रिदम र खुशीप्रिया

Read Time = 2 mins

काठमाडौं । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा आयोजित विभिन्न सौन्दर्य प्रतियोगिताका विजेताहरू शैव्या घिमिरे, रिदम नेपाल र खुशीप्रिया कसुला फिलिपिन्सतर्फ प्रस्थान गर्नुभएको छ । सौन्दर्य प्रतियोगिता ‘रिपब्लिक कन्टिनेन्ट इन्टरनेशनल २०२२’ मा नेपालको प्रतिनिधित्व गर्न उहाँहरू त्यसतर्फ लाग्नुभएको हो । बुलाकान सिटीमा १६ देखि २१ डिसेम्बरसम्म आयोजना हुने कार्यक्रममा नेपाल, भारत, मलेसिया, फिलिपिन्स, थाइल्याण्डलगायत १७ देशका प्रतियोगीसँग उहाँहरूले उपाधिका लागि भिड्नुहुनेछ ।

तीनमहिने विभिन्न प्रशिक्षणसहित प्रतियोगिताका लागि उडेका प्रतियोगीलाई अन्तर्राष्ट्रिय कोरियोग्राफर राज फैजू, नृत्य निर्देशक संयुक्त स्थापित, बृहस्मान सुनुवारले क्याटवाक, अभिनय, नृत्यलगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो । प्रतियोगितामा सहभागीको ड्रेस डिजाइनर श्रीषा बैदारले तयार पार्नुभएको छ । प्रतियोगीलाई रेडियन्ट इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजू आफैंले लिएर त्यसतर्फ लाग्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?