पत्रकार मरासिनी ‘सार्क युथ लिडर अवार्ड-२०२२’ बाट सम्मानित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । युवा पत्रकार गोविन्द मरासिनी ‘सार्क युथ लिडर अवार्ड-२०२२’ बाट सम्मानित हुनुभएको छ । मरासिनीलाई पत्रकारिताका माध्यमबाट युवापुस्ताका लागि प्रेरणादायीरूपमा सेवा गरेको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको हो ।

ग्लोबल युथ पार्लियामेन्टको आयोजनामा काठमाडौंमा जारी तेस्रो सार्क क्षेत्रीय सम्मेलनमा मरासिनीलाई राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेत, ग्लोबल युथ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्याललगायतले अवार्ड प्रदान गर्नुभएको थियो ।

विभिन्न सञ्चारमाध्यममा पत्रकारिताको अनुभव बटुल्नुभएका मरासिनीले विशेषगरी युवा, पर्यटन र सामाजिक क्षेत्रका विभिन्न विषयमा कलम चलाउँदै आउनुभएको छ । मरासिनी हाल अनलाइन पत्रकार संघको सचिवसमेत हुनुहुन्छ । कार्यक्रममा उहाँसहित सार्कका विभिन्न देशबाट युवाका विषयमा योगदान पुर्‍याएकाहरूलाई सम्मान गरिएको थियो । काठमाडौंमा आयोजित सार्क क्षेत्रीय सम्मेलनमा सार्क राष्ट्रका प्रतिनिधिहरू सहभागी रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?