‘पहुँचका आधारमा घटनाहरु ढाकछोप हुन्छन्’

Read Time = 4 mins

भोजपुर । मानव अधिकार मञ्च नेपाल इलामको आयोजनामा भोजपुर सदरमुकाममा शनिवार भएको मानव अधिकारको संरक्षण र अनुगमन अभिलेखिकरण सम्बन्धी सरोकारवालाहरूसँगको अन्तरक्रियाका सहभागीहरुले पहुँचका आधारमा कतिपय घटनाहरु ढाकछोप गर्ने परिपाटीका कारण पनि समस्या देखिने गरेको बताउनु भएको छ ।

कार्यक्रमको साझेदार संस्था विकास र सचेतनाका लागि सामाजिक संस्था (सोडा) भोजपुृरका अध्यक्ष नवीन प्रधानले मानव अधिकारका क्षेत्रमा २०७२ साल पश्चात प्रभावकारी कार्यक्रमहरु कम मात्र हुन थालेको बताउँदै पहुँचका आधारमा घटनाहरु ढाकछोप गर्ने गरिएका कारण पनि न्यायमा पहुँच पुग्न नसकेका घटनाहरु देखिने गरेको बताउनुभयो । महिला, बालबालिका, अपाङको क्षेत्रहरुमा पनि राज्यले सही ढंगका काम गर्न नसकेको अध्यक्ष प्रधानको भनाई रहेको छ ।

सोहीक्रममा बोल्दै साझेदार संस्थामा सक्रिय गणेश तिम्सिनाले राज्य पुन संरचना पश्चात मानवअधिकारका बिषय समेटिएका सचेतना मुलक कार्यक्रमहरुमा कमि आएको बताउनुभयो । यस्तै भोजपुरका अग्रज पत्रकार निरोज कोइरालाले जिल्लामा पछिल्लो समयमा घरेलु हिंसाका घटनाहरुमा बृद्धि हुदै गई रहेको बताउँदै पिडितले मारमा परेको कुरा सम्वन्धित निकायसम्म आएर भन्न नसक्दा पिडितहरु झन पिडामा पर्ने गरेको बताउनुभयो ।

पत्रकार महासंघ भोजपुरका सचिव अजुर्न बस्नेतले जिल्लामा घरेलु हिंसासँगै आत्महत्याका घटनामा समेत बृद्धि हुदै गई रहेको बताउनुभयो । कार्यक्रमका अन्य सहभागिहरुले घटनाहरुको अभिलेखीकरण हुन नसक्दा तथ्यांक संकलनमा समेत समस्या हुने गरेको बताउनु भएको थियो । मञ्चले कार्यक्रम सुरु भएका प्रदेश नम्वर १ को छ वटा जिल्ला मध्ये ओखलढुंगा, खोटाङमा यो कार्यक्रम गरि सकिएको जनाएको छ ।

मञ्चले बिशेष गरेर मानवअधिकारको संरक्षण र सम्वर्धका साथै स्थानीय तहका न्यायीक समितिहरुको क्षमता बिकासमा कार्य गर्दे आई रहेको कार्यकारी निर्देशक देवेन्द्र बिश्वकर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले मानवअधिकारसँगै आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका अधिकारका बिषयहरुलाई पनि कार्यक्रमका बिषयमा उठाउँदै आएका छौँ ।” कार्यक्रममा मञ्चका प्रदेश १ संयोजक पारस राई, संस्थापक भक्त थामी, सचिव दुर्गा भट्टराई, रेडियो कार्यक्रम प्रस्तुतकर्ता तारा खाती, सरिता राई, भोजपुर जिल्लामा रहेका सञ्चारकर्मी र सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

यता मानव अधिकार मञ्च नेपाल इलामको आयोजनमा स्थानीय न्यायीक समितिको कार्य सम्पादन र संस्थागत संरचनाको विकास सम्बन्धि अन्तरक्रिया कार्यक्रम पनि आयोजना भएको छ । जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय तहका न्यायीक समितिका सबै नगर तथा गाउँपालिकाका संयोजकहरू, न्यायीक समितिका सदस्यहरू, साझेदार संस्था सोडा भोजपुर, सञ्चारकर्मी र अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?