ग्लोबल आइएमईको भिकेवाइसी सेवा

Read Time = 1 min

काठमाडौं । ग्लोबल आइएमई बैंकले अनलाइन भिडियोमार्फत् ग्राहक पहिचान (भिकेवाइसी) सेवाको सुरुवात गरेको छ । सेवाको सुरुवातसँगै ग्लोबल आइएमई बैंकका नयाँ ग्राहकले अनलाइनमार्फत् खाता खोली भिडियो केवाइसीमार्फत् आफ्नो पहिचान गरी खाता सुचारु गर्न सक्नेछन् ।

बैंकमा नयाँ खाता खोल्ने ग्राहकले खाता खोल्नलगायत केवाइसी फारम भर्न बैंक नै धाउनुपर्ने छैन । नयाँ खाता खोल्दा आवश्यक पर्ने कागजात प्रमाणित गर्न तथा ग्राहक पहिचान गर्न अनलाइन भिडियोमार्फत् गर्न सकिने बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?