प्रदेश नामकरणको विरोधमा आज कोशी प्रदेशमा हड्ताल

हिमालय टाइम्स
Read Time = 1 min

विराटनगर। प्रदेश नामकरणको विरोधमा कोशी प्रदेशमा आइतबार बन्द आह्वान गरिएको छ ।

जातीय पहिचान हुने गरी प्रदेशको नामाकरण हुनुपर्ने माग गर्दै आएका जातीय समूहहरूले बन्द आह्वान गरेका हुन ।

बन्दका कारण प्रदेशमा आइतबार बिहान सवारी साधन चलेका छैनन् । बन्दकर्ताहरू सडक उभिएर यातायातका साधन नचलाउन रोकिरहेका छन् । उनीहरूले सडकमा अवरोधसमेत गरेको प्रहरीले जनाएको छ ।

प्रदेशको राजधानी विराटनगरलगायत पूर्वका मुख्य सहर क्षेत्रका बजार, कलकारखाना, शैक्षिक संस्था भने खुलेका छन् ।

विराटनगरबाट छुट्ने लामो दूरीका सवारीसाधन चलेका छैनन् भने छोटो दूरीका सवारी साधन निर्वाध रूपमा चलिरहेको कोशी प्रदेश प्रहरी कार्यालय (विराटनगर) ले जनाएका छ ।

उनीहरूले शनिबार साँझ कोशी प्रदेशका विभिन्न स्थानमा मशाल जुलुस प्रदर्शन गरेका थिए । प्रदेश सभाले यही फागुन १७ गते बहुमतले प्रदेशको नाम कोशी पारित गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?