देशका केही क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यून चापीय प्रणालीका कारण मुलुकका केही क्षेत्रमा वर्षाको सम्भावना पनि छ ।

दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनीमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षाको पनि आकलन महाशाखाले गरेको छ । त्यस्तै, प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी भूभागका एक-दुई स्थानमा हल्का हिमपातको पनि प्रक्षेपण गरिएको छ ।

राति प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी भूभागका एक-दुई स्थानमा हल्का हिमपातको आकलन गरिएको छ ।

सोमबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी भूभागको एक-दुई स्थानमा हल्का हिमपातको पनि आकलन महाशाखाले गरेको छ ।

तराईका केही भूभागमा बिहानदेखि नै हुस्सु लागेको छ । पूर्व र पश्चिम तराईका केही स्थान तथा मध्य तराईका धेरै स्थानमा हुस्सु लागेको महाशाखाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?