समग्र पूर्वाधार विकासमा आँबुखैरेनीको पहल

Read Time = 5 mins

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० नौ महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ । जसअन्तर्गत स्वास्थ्य सेवातर्फ १५ शैय्याको आँबुखैरेनी अस्पताल सञ्चालनमा आएको छ भने अस्पतालमा २४ सै घण्टा इमर्जेन्सी सेवा, एक्सरे, ल्याब, भिडियो एक्स रे, इसिजी, ओपिडी, इमर्जेन्सी, सुत्केरी, रेबिज खोप, एबोर्सनलगायतका सेवा रहेका छन् । अस्पतालबाट दैनिक एक सय २० भन्दा बढीले नियमित सेवा लिने गरेका छन् ।

त्यस्तै, आँखा उपचार केन्द्र सञ्चालनका लागि नेपाल नेत्रज्योति संघ, भरतपुरको भरतपुर आँखा अस्पतालसँग सम्झौता भएको छ भने भवन निर्माण पनि सम्पन्न भएको छ । एम्बुलेन्स सेवातर्फ सुत्केरी महिला, ज्येष्ठ नागरिक, विपन्न परिवारलाई निःशुल्क सेवा र गाउँपालिकामा व्यवसाय दर्ता गर्ने व्यवसायीलाई २० प्रतिशत छुटको व्यवस्था रहेको छ । आँबुखैरेनी गाउँपालिकावासीको हेल्थ प्रोफाइल निर्माणाधीन अवस्थामा रहेको, व्यक्तिको स्वास्थ्य अवस्थाबमोजिम नियमितरूपमा टोलमै गई स्वास्थ्य परीक्षण सेवा क्यान्सर तथा जटिल रोगका बिरामीलाई पालिका स्रोतबाटै ५० हजार आर्थिक सहायताको व्यवस्था गरिएको, गण्डकी प्रदेशमा प्रथम स्थान हासिल (स्वास्थ्य रिपोर्टिङ) गरेको, आँबुखैरेनीका शतप्रतिशत व्यक्तिलाई कोरोना खोप लगाउन सफल, विशेषज्ञसहित निःशुल्क शिविर सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै, शिक्षातर्फ प्राविमा गाउँपालिकाको अनुदानबाट स्वयंसेवक शिक्षक व्यवस्थापन गरिएको, विद्यालय शैक्षिक सुधारअन्तर्गत विद्यालयलाई स्कुल बस खरिद प्रक्रिया अघि बढाइएको, विद्यालयको शैक्षिक गुणस्तर मापनका लागि सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीको एनुअल स्टाटस अफ एजुकेसनल टेष्ट गरिएको, कक्षा पाँचसम्मका विद्यार्थीलाई ट्र्याकसुट, जुत्ता, झोला वितरण गरिएको, डेस्कबेन्च, कक्षाकोठा रङरोगन, स्मार्ट टेलिभिजन व्यवस्थापन गरिएको, एमबिबिएस, उच्च शिक्षा हासिल गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति वितरण गरिएको, जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गरिएको, इलर्निङ सेन्टर सञ्चालन प्रक्रिया अघि बढाइएको, बहुप्राविधिक विद्यालय स्थापनाको निर्णय गरिएको पालिकाले जनाएको छ ।

त्यस्तै, पर्यटन पूर्वाधार, पूर्वाधारका लागि निःशुल्क नक्सा निर्माण, कृषितर्फ कृत्रिम गर्भाधान मिसन कार्यक्रम सञ्चालन, कृषि व्यवसाय प्रवद्र्धन केन्द्र स्थापनाअन्तर्गत लाब्दीमा लोकल कुखुरा तथा कालिजका लागि खोर निर्माण भइरहेको, पालिकाभित्रका कुकुरलाई रेबिज खोप लगाइएको, पार्क निर्माण, हाटबजार सञ्चालन, एक वडा, एक उत्पादन कार्यक्रमअन्तर्गत अकबरे खुर्सानी, फूलको नर्सरी स्थापनालगायतका कार्यक्रम सञ्चालन गरिएको पालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?