बधाई साटासाट पछि एकीकृत समाजवादीको संसदीय दलको बैठक जारी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नवनिर्वाचित सांसदहरुको बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा नवनिर्वाचित सांसदहरुको बैठक बसिरहेको हो ।

जारी बैठकमा निर्वाचनपछिको राजनीतिक अवस्था, गठनबन्धनको निरन्तरता, नयाँ सरकार गठनका विषयमा छलफल भइरहेको छ ।
यसअघि सोमबार नै एकीकृत समाजवादीका नवनिर्वाचित सांसदहरूले आपसमा बधाई साटासाट गरेका थिए ।

पार्टी केन्द्रीय आयोजित कार्यक्रममा प्रतिनिधिसभा र प्रदेश सभामा विजयी सांसदहरूले आपसमा बधाई साटासाट गरेका हुन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले नवनिर्वाचित सांसदहरूलाई फूलमाला लगाएर बधाई तथा शुभकामना दिनुभयो ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एकीकृत समाजवादीले १० सिट जितेको छ । तर तीन प्रतिशत थ्रेस होल्ड कटाउन नसक्दा एकीकृत समाजवादीले समानुपातिकबाट सिट जित्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?