यस्तो रहेछ डा. शेखर कोईरालाले महामन्त्री थापालाई अघि सार्नुको कारण

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले स्थायीत्व र रुपान्तरणको लागि महामन्त्री गगनकुमार थापालाई संसदीय दलको नेतामा प्रश्ताव गरेको बताउनुभएको छ ।

मंगलवार पार्टीका महामन्त्री थापाको संसदीय दलको नेताको प्रश्तावकका रुपमा काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर उहाँले यस्तो बताउनुभएको हो । उहाँले आगामी पार्टी सभापतिको सहमतिको विषयमा भने भविष्यका दिनहरुलाई हेर्दै अघि बढ्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीहरुको बीचमा धेरै छलफल भयो । गगन थापाले भने जस्तै स्थायीत्व र निरन्तरताको लागि हामीले गगन थापालाई संसदीय दलको नेतामा अगाडि सारेका हौं । आगामी पार्टी सभापतिको सहमतिको विषयमा भोलीका दिनहरु हेर्दै जानुपर्छ । त्यो विषयमा गगन जीले बोलिसक्नुभएको छ ।’

नेपाली काँग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ । देउवाको प्रश्तावकमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल हुनुहुन्छ भने समर्थकमा पूर्णबहादुर खड्का हुनुहुन्छ ।

महामन्त्री थापाको प्रश्तावकमा भने डा. शेखर कोईराला रहनुभएको छ भने समर्थनमा महमन्त्री विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेल, उपसभापति धनराज गुरुङ हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?