बाढीपहिरोबाट हुने क्षति न्यूनीकरणमा एनसेल

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । एनसेलले हरेक वर्ष बाढीपहिरोको उच्च जोखिम रहेका स्थानमा बसोबास गर्ने जनसमुदायलाई बाढीको जोखिमबारे एसएमएसमार्फत् पूर्वसूचना प्रवाह गर्दै जनधनको क्षति न्यूनीकरणमा योगदान पुर्‍याउँदै आएको छ । यस वर्ष एनसेलले वर्षायामको सुरुवातपछि गत दुई महिनामा ४४ लाख वटाभन्दा बढी बाढीसँग सम्भावित जोखिमबारे एसएमएसमार्फत् पूर्वसूचना प्रवाह गरेको जनाएको छ । यस वर्ष एसएमएसमार्फत् पूर्वसूचना प्रवाह गरिएका क्षेत्रमा नारायणी, कन्काई, बागमती, बबई, राप्ती, कोशी, कर्णालीलगायत मुख्य नदीका तटीय क्षेत्र र वरपरका समुदाय रहेका छन् । कम्पनीले व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा २०७३ देखि नै पूर्वसूचना प्रवाह गर्दै आएको छ ।

पूर्वसूचना प्रणाली सहकार्यअन्तर्गत कम्पनीले विशेषगरी वर्षायाममा जोखिमसम्बन्धी पूर्वसूचना एसएमएसमार्फत् प्रवाह गर्दै आएको छ । पूर्वसूचना प्रणालीले जोखिम क्षेत्रभित्र रहेका मानिसलाई आ-आफ्ना सामान लिएर सुरक्षित स्थानमा जानलाई अग्रिम जानकारी दिन्छ । त्यसैगरी विपद् पूर्वयारी तथा प्रतिकार्यमा संलग्न संघसंस्थालाई समयमै आवश्यक कार्य गर्न सहयोग पुर्‍याउँछ । पानीको सतह सामान्य अवस्थामा फर्किएपछि तत्काल कुनै खतरा नरहेको जानकारी स्थानीयले एसएमएसमार्फत पाउँछन् ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ भन्नुहुन्छ, ‘नेपाली जनता र समुदायको सेवा गर्न एनसेल सधैं प्रतिबद्ध छ । हाम्रो प्राविधिक विशेषज्ञता र नेटवर्क पहुँचको सदुपयोग गर्दै समयमा नै बाढीको पूर्वसूचना प्रवाहमार्फत् बाढी र त्यसबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणका लागि सहयोग गर्न पाएकोमा हामी खुसी छौँ । एनसेल र विभागबीचको सहकार्य, सार्वजनिक–निजी साझेदारीमा कसरी जनसमुदायका लागि प्रभावकारी कार्यहरू गर्न सकिन्छ भन्ने एक ज्वलन्त उदाहरण बनेको छ ।’ जल तथा मौसम विज्ञान विभागले आफ्ना टेलिमेन्ट्री स्टेसनमार्फत् नदीमा पानीको सतहको अनुगमन गर्दै त्यसको जोखिमका आधारमा भिन्नाभिन्नै एसएमएस कन्टेन्ट एनसेललाई उपलब्ध गराउँछ र सोहीअनुरूप एनसेलले तोकिएका जोखिम क्षेत्रमा रहेका एनसेल ग्राहकलाई तत्काल सूचना सर्टकोड ११५५ बाट एसएमएस पठाउँछ । ११५५ जल तथा मौसम विज्ञान विभागको टोल फ्रि नम्बर हो । जसमा कल गरेर पनि नदीमा पानीको सतहको स्थिति र बाढीको जोखिमबारेमा निःशुल्क जानकारी लिन सकिन्छ । एनसेल र विभागको निरन्तर सहकार्यअन्तर्गत गत वर्ष एनसेलले ७८ लाखभन्दा बढी किसिमका पूर्वसूचना बाढीको जोखिम रहेको ठाउँमा बसोबास गर्ने मानिसलाई प्रवाह गरेको थियो । सन् २०७३ मा सुरु भएको सहकार्यलाई सन् २०७५ मा एनसेलले विपद् पूर्वतयारीलाई थप प्रभावकारी बनाउँदै नयाँ समझदारी गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?