सिमकार्ड वितरणमा कडाइ

Read Time = 4 mins

काठमाडौं । नेपाल टेलिकमले राष्ट्रिय परिचय पत्र, नागरिक एप, बैंकिङ सेवा तथा सामाजिक सञ्जाललगायत विभिन्न डिजिटल गतिविधिमा मोबाइल नम्बर प्रयोग गर्नुपर्ने जरुरी देखिएको जनाएको छ । मोबाइल नम्बर प्रयोगकर्ता ग्राहक स्वयंको नाममा दर्ता भएको खण्डमा मात्र मोबाइल बैंकिङलगायत सुविधाहरू सुरक्षितसाथ प्रयोग गर्न सकिने अवस्था पनि सिर्जना भएको छ । अरूको नामको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल बैंकिङको दुरूपयोग भई अनधिकृत व्यक्तिबाट रकम गुमाउनुपर्नेसम्मको अवस्था तथा सामाजिक सञ्जालको दुरूपयोग भई अनेक कानुनी झमेलामा समेत पर्ने सम्भावना रहने कम्पनीले जनाएको छ ।

त्यसैले कम्पनीले सम्पूर्ण ग्राहकवर्गलाई आफ्नै नाममा दर्ता मोबाइल नम्बर प्रयोग गर्न तथा सिमकार्ड हराएको/बिग्रिएको खण्डमा सिमकार्ड आफू स्वयं उपस्थित भई प्राप्त गर्न आग्रह गरेको छ । ग्राहकको सुरक्षामा ध्यान दिँदै सहजै सेवा उपलब्ध गराउन नयाँ सिमकार्ड लिँदा वा सिमकार्ड परिवर्तनमा कम्पनीले लागू गरेका नयाँ मापदण्डअनुसार ग्राहकले आवेदन फाराममा आवश्यक विवरण स्पष्टरूपमा भरेको तथा ग्राहकको नाम, ठेगाना, परिचयपत्र जारी भएको जिल्ला र मिति तथा आधिकारिक परिचयपत्र नम्बर र सम्पर्क नम्बर स्पष्टरूपमा लेख्नुपर्नेछ । स्वयं उपस्थित हुने ग्राहकलाई मात्र सिमकार्ड उपलब्ध गराइनेछ र परिचयपत्रको प्रतिलिपिलाई सक्कल परिचय पत्रको नाम, बुबाको नाम, परिचयपत्र नम्बर र जारी भएको मिति र जिल्लाका आधारमा रुजु गरिन्छ ।

सिमकार्ड बिग्रेर, हराएर वा अन्य कारणले परिवर्तन गर्नुपर्ने अवस्थामा आफैं उपस्थित भएमा सिमकार्ड परिवर्तनको फाराम पूर्णरूपमा भरेको/नभरेको जाँचपछि ग्राहकको परिचय पत्रको सक्कल र नक्कललगायतका विभिन्न कागजात रुजु गरी सिमकार्ड उपलब्ध हुन्छ । स्वयं उपस्थित नभई अर्को व्यक्तिको नाममा दर्ता रहेको सिमकार्ड लिन आएको अवस्थामा ग्राहक स्वयं उपस्थित हुन नसक्ने कारणसहित ग्राहकको मञ्जुरीनामा र सक्कल परिचय पत्रका आधारमा सिम लिन आउने व्यक्तिको सक्कल परिचय पत्र देखाई सोको प्रतिलिपि रितपूर्वक भरिएको फारामसाथ संलग्न गर्नुपर्छ ।

वास्तविक प्रयोगकर्ताभन्दा फरक ग्राहकको विवरण भएको अवस्थामा सिम लिने ग्राहकको कबुलियतनामा पत्र र परिचय पत्रका साथमा ग्राहक आवेदन फाराम भरेपछि थप पुष्ट्याई गरी सिमकार्ड परिवर्तन गर्न सकिने कम्पनीका प्रवक्ता शोभन अधिकारीले बताउनुभएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?