पहाडी भू-भागमा बदली, तराईमा हुस्सु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । हाल नेपालको पूर्वी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

आज बिहान प्रदेश-१ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराईका थोरै भू-भागमा हुस्सु र कुहिरो रहेको छ ।

आज दिउँसो प्रदेश-१ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

विभागका अनुसार आज राति प्रदेश-१ को पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

तराईका केही भू-भागमा बिहानीपख हुस्स र कुहिरो लाग्ने र देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै भइरहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?