प्रतिनिधिसभा सदस्यले लिए शपथ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयताकाे शपथ लिएका छन् ।

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएकाे हाे ।

प्रतिनिधिसभामा २७५ सदस्य रहेका छन् । उनीहरुले नेपालीसहित मातृभाषामा पनि शपथ लिएका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राणालाई पद तथा गोपनीयताको शपथ गराउनु भएकाे थियाे ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले संसद बैठक सञ्चालन र संसदीय दलको कार्यालयबारे जानकारी दिनु भएकाे थियाे ।

शपथ ग्रहणसँगै सांसदहरुले औपचारिक रूपमा संघीय संसद्को लोगो समेत प्राप्त गरेका छन् । शपथ ग्रहण कार्यक्रममा सांसदहरुले थरिथरि भेषभूषामा सजिएर शपथ ग्रहणमा पुगेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?