मोर्डन इण्डियन र डनबस्को सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । मोर्डन इण्डियन स्कुल चोभार काठमाडौं र नेपाल डनबस्को स्कुल लुभु ललितपुरमा जारी २५औँ संस्करणको फादर मोरान स्मृति विद्यालयस्तरीय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । सेन्ट जेभियर स्कुल गोदावरीको खेल मैदानमा भएको क्वाटरफाइनलमा सफलता हात पार्दै मोर्डन र डनबस्कोले अन्तिम चारको यात्रा तय गरेका हुन् ।

पहिलो क्वाटरफाइनलमा मोर्डन इण्डियनले सेन्ट जेभियर स्कुल जावलाखेललाई टाइब्रेकरमा ४-२ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गर्न सफल भयो । निर्धारित समयमा कुनै गोल निस्कन नसकेपछि खेलको निर्णय टाइब्रेकरमा लिइँदा मोर्डनले बाजी मार्‍यो । मोर्डनका मिङ्मा पाख्रिन प्लेयर अफ दि म्याच घोषित हुनुभयो ।

अर्काे क्वाटरफाइनलमा नेपाल डनबस्कोले सेन्ट जेभियर डिओनिया झापालाई ३-० ले पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भयो । नेपाल डनबस्कोको जितमा रुप्सन नेपालले दुई तथा सुरेश तामाङले एक गोल गर्नुभयो । रुप्सन प्लेयर अफ दि म्याच घोषित हुनुभयो ।
सेन्ट जेभियर स्कुल गोदावरीको आयोजनामा गत सोमबारबाट सुरु भएको प्रतियोगितामा विभिन्न १६ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिता २६ डिसेम्बरसम्म चल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?