किरणको टोलीको जित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ सम्मिलित पञ्जाब एफसी भारतीय आई लिगमा विजयी भएको छ । पञ्जाब एफसीले घरेलु मैदानमा गोकुलम केरेलालाई १-० ले हराएको हो । लुका माजकेनले ७५औँ मिनेटमा गरेको गोलमा पञ्जाब विजयी भएको थियो । पहिलो रोजाइको गोलरक्षकका रूपमा खेल्दै आउनुभएका किरणले केरलाविरुद्ध पनि पूरै समय खेल्नुभएको थियो । जितसँगै पञ्जाब अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ ।

आठ खेलमा पाँच जित, दुई बराबर र एक खेलमा हार बेहोरेको पञ्जाबको १७ अंक छ । १९ अंकसहित श्रीनिदी डेकन शीर्षस्थानमा छ । नौ खेलपछि गोकुलम १५ अंकसहित चौथो स्थानमा छ । आई लिगमा १२ टोलीको सहभागिता छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?