इन्भेष्टमेन्टको ११ प्रतिशत लाभांश पारित

Read Time = 1 min

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आर्थिक वर्ष २०७८/०७९ को ३६औँ वार्षिक साधारणसभा आयोजना गरेको छ । साधारणसभाले आव २०७८/०७९ मा लगानीकर्तालाई ११ प्रतिशत लाभांश, चार प्रतिशत बोनस सेयर र सात प्रतिशत नगद वितरण प्रस्ताव पारित गरेको छ ।

आव २०७८/०७९ मा नेपाल इन्भेष्टमेन्ट बैंकले छ अर्ब २८ करोड रुपैयाँ सञ्चालन मुनाफा तथा तीन अर्ब ७९ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । साथै बैंकको चुक्ता पुँजी १९ अर्ब तीन करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ । निक्षेप अघिल्लो वर्ष एक खर्ब ७९ अर्ब ४० करोड रहेकोमा आव २०७८/०७९ मा एक खर्ब ८६ अर्ब ७६ करोड पुगेको छ । त्यस्तै, कर्जा लगानी अघिल्लो वर्ष एक खर्ब ६१ अर्ब ९१ करोड रहेकोमा आव २०७८/०७९ मा एक खर्ब ६४ अर्ब ८२ करोड रुपैयाँ रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?