काठमाडौं । लिभरपुललाई ३-२ ले हराउँदै म्यानचेस्टर सिटी काराबाओ कपको क्वार्टरफाइलनमा प्रवेश गरेका छ । बिहीबार राति घरेलु मैदानमा रोमाञ्चक जित निकाल्ने क्रममा सिटीको लागि एर्लिङ हल्यान्ड, रियाद महारेज र नाथन एकेले एक/एक गोल गरे ।
लिभरपुलका लागि फावियो कार्भाल्हो र मोहम्मद सलाहले एक/एक गोल गरेपनि टोलीको हार टार्न सकेनन् । कतार विश्वकप पछि पहिलो खेल इतिहाद मैदानमा खेल्दा निकै प्रतिस्पर्धा बनेको थियो ।
सिटीले अर्को बुधबार प्रिमियर लिगमा शीर्षस्थानको आर्सनलसँग खेल्दा बक्सिङ डेमा लिभरपुलले एस्टन भिल्लाको सामना गर्नेछ ।
यसैबीच, काराबाओ कपको क्वार्टरफाइलन समिकरण पुरा भएको छ । विहीबार राति लिभरपुल र म्यानचेस्टर सिटीको खेलसँगै अन्तिम आठको टुंगो लागेको हो ।
आठ पटकको च्याम्पियन सिटीसँगै म्यानचेस्टर युनाइटेड, चार्लटन एथलेटिक, साउथह्याम्पटन, नटिङ्घम फोरेस्ट, उल्भ्स, न्युक्यासल युनाइटेड र लेस्टरसिटी क्वार्टरफाइनलमा पुगेका छन् ।
युनाइटेडले चार्लटनसँग खेल्दा साउथह्याम्पटन र सिटी भिड्नेछन् । यसैगरी नटिङ्घम फोरेस्टले उल्भ्ससँग प्रतिस्पर्धा गर्दा न्युक्यासल युनाइटेडले लेस्टर सिटीसँग खेल्नेछ । क्वार्टरफाइलन खेल जनवरी ९ मा हुनेछ ।
अर्को साताबाट प्रिमियर लिगका खेल हुने तालिका छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच