१५ दिन नेपालमै बस्ने ‘मुड’मा शोभराज

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सिरियल किलर चार्ल्स शोभराज आज छुट्ने भएका छन् । केन्द्रीय कारागार जगन्नाथ देवलका सुरक्षा स्रोतका अनुसार उनलाई आज मात्रै कैदमुक्त गर्न लागिएको हो । कारागारले उनलाई आजै अध्यागमन विभागलाई बुझाउने भएको छ ।

तर शोभराज भने तत्कालै फर्किने ‘मुड’मा छैनन् । कानुन व्यवसायी वरिष्ठ अधिवक्ता गोपाल शिवाकोटीका अनुसार शोभराज केही दिन नेपालमै बस्नेछन् । अदालतले पनि १५ दिनको समय तोकेको हुँदा उनी कम्तीमा पनि १०–१२ दिन नेपाल बस्ने योजनामा छन् । यसबीच उनको मुटुको उपचार पनि गर्ने योजना छ ।

‘१०/१२ दिन यहीँ बस्ने । मुटुको गम्भीर बिरामी पनि भएको हुँदा स्वास्थ्य परीक्षण पनि गराएर फर्किने भन्ने योजना छ,’ उहाँले भन्नुभयो, ‘परिवारका सदस्यहरू पनि आउने कुरा छ ।’ कैदमुक्त भइसकेका शोभराजलाई पुनः अध्यागमन विभागको हिरासतमा राख्न नमिल्ने पनि उहाँको भनाइ छ । उनको स्वास्थ्यको दृष्टिकोणले पनि हिरासतमा राख्न नमिल्ने शिवाकोटीले बताउनुभएको हो ।

शेभराजको गंगालाल अस्पतालमा उपचार भइरहेको थियो । उनले नियमित रूपमा गंगलाल अस्पतालमा उपचार गराउँदै आएका छन् । ‘निजलाई निरन्तर कैदमा राखिराख्नु बन्दीको मानव अधिकार मापदण्ड संविधान तथा कानुनप्रदत्त अधिकार अनुकूल देखिएन,’ सर्वोच्चको आदेशमा उल्लेख छ, ‘बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरिदिएको छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?