प्रधानमन्त्री देउवा र लोसपा अध्यक्ष ठाकुरबीच सत्ता समीकरणबारे छलफल

Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । बालुवाटारमा शुक्रबार भएको भेटका क्रममा उहाँहरूबीच सत्ता समीकरणबारे छलफल भएको थियो ।

राष्ट्रपतिबाट सरकार गठनका लागि आह्वान भएको समय दुई दिन बाँकी रहँदा उहाँहरूबीच भेटवार्ता भएको हो । संसदमा चार सिट रहेको लोसपाका अध्यक्ष ठाकुरलाई प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुन प्रस्ताव गरेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?