लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसुति महिला तथा बालबालिकाको ल्याब नमुना संकलन केन्द्रको उद्घाटन

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 2 mins

रुपन्देही र लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा महिला प्रसुति तथा बालबालिकाको ल्याब नमुना संकलन केन्द्रको उद्घाटन भएको छ। अस्पतालका प्रसुति रोग बिभाग प्रमुख डा. भक्त राउतले ल्याब नमुना संकलन केन्द्रको उद्घाटन गर्नु भयो।

समुद्घाटन समारोहमा बोल्दै डा. राउतले सुत्केरी महिला तथा बालबालिकाहरुको रगतको नमुना संकलन लागी नयाँ केन्द्र नजिक भएकोले सहज हुने बताउनु भयो। उहाले अस्पतालमा दैनीक २सय भन्दा बढी महिला सुत्केरी तथा वालवालिका उपचारमा आउने बताउनु भयो।

डा राउतले महिला तथा सुत्केरी हुँदा कुनै कठिनाइ महसुस हुन नपरोश भन्ने उदेश्यले अस्पतालले बिरामीको चापँ संगै थप सेवा बिस्तार गरेको बताउनु भयो। कार्यक्रममा बोल्दै वाल रोग बिषेशज्ञ डा किरण मणि पौडेलले अस्पतालमा बिरामीको चाप संगै सेवाथप भएको बताउनु भयो। उहाँले अब यो सेवा बिस्तार भएपछि महिला र बालवालिकालाई रगतको नमुना संकलनलाई सहज भएको बताउनु भयो।

समुद्घाटन समारोहमा बोल्दै लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापा क्षेत्रीले अस्पतालमा दैनीक बिरामीको चाप संगै सेवा बिस्तार भैरहेको बताउनु भयो। उहाँले अस्पतालमा नयाँ सेवा सुरु गर्न लागेको समेत बताउनु भयो।

कार्यक्रम अस्पतालका मेट्रोन ज्योति पौडेल लगायतका अस्पतालका कर्मचारी सहभागी रहेको कार्यक्रमको अस्पतालका प्रशासकीय अधिकृत राजन केसीको सञ्चालनमा गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?