सप्तरी । तराई मधेशमा अहिले गोरुगाडा एकादेशको कथा जस्तो भएको जो यहाँ गोरुगाडा देख्नै मुस्किलले नै पाइन्छ ।
तराई मधेशको एक समय गोरुगाढाको छुटै पहिचान थियो । हिले एक ठाउँबाट अर्को ठाउँमा पुग्न तथा कृषि उपज र अन्य सरसामग्री ओसारपसार गर्न गोरुगाडाको प्रयोग हुन्थ्यो। अहिले मधेशका गाउँमा पस्दा कतै कतै आक्कलझुक्कल मात्रै गोरुगाडा देखिन्छ।
“हल गोरु सरकारी कामकाज गर्न सदरमुकाम राजविराजसम्म पुग्ने गरेको कोइलाडी तिलाठीका गाउँपालिका वडा नं १ का वडा अध्यक्ष दिनेश्वर मिश्रले सुनाउनु हुन्छ ।
उहाँका अनुसार गोरुगाडा चढेर सीमापारि भारतीय बजार र जनकपुर सम्म पुगेको स्मरण ताजै छ। गोरुगाडा त कहाँ पुगे कहाँ, सबै इतिहास मात्रै भएको बताउनु भयो।
यहाँ गोरुगाडा देख्नै मुस्किल पर्न थालेको छ। गोरु पाल्ने चलन नै हराएपछि गोरुगाडा पनि लोप हुँदै गएका छन्।
अहिले सवारीको सहज पहुँच र छिटोछरितोको खोजीमा गोरुगाडाको प्रयोग हुन छाडेको कोइलाडी तिलाठीका गाउँपालिका वडा नं। १ का युवा प्रकाश मण्डल बताउनुहुन्छ।
मधेशमा अहिले निकै कमले गोरु पाल्छन्। खेतबारी जोत्न ट्याक्टर प्रयोग हुन्छ। १०१२ वर्षअघिसम्म गोरुगाडा धेरै चलाइन्थ्यो तर अहिले गाउँका एकरदुई जनासँग मात्रै गोरुगाडा छ, वडा अध्यक्ष मिश्रले भन्नुभयो ।
मधेशका गाउँमा कोही कोहीले मात्रै धान, चामल बोक्न र नजिकैका आफन्तकहाँ जाँदा गोरुगाडाको प्रयोग गर्छन्। गाडीको सहज पहुँच नहुँदा माइत, मावली र ससुराली सम्म पुग्न पनि गोरुगाडाको प्रयोग हुन्थ्यो। गोरुगाडा हराउँदा मधेशको एउटा चिनारी नै मासिएको वडा अध्यक्ष मिश्रले बताउनुभयो। मधेशमा गोरुगाडा मात्रै होइन, यस्ता धेरै चिनारी मासिँदै गएका छन् उहाँले भन्नुभयो।
प्रयोग नै हुन छाडेपछि यहाँ गोरुगाडा बनाउने मानिस समेत भेटिँदैनन्। गोरुगाडा बनाउन पहिले जस्तो पर्याप्त काठ, दाउरा पनि नरहेको स्थानीय बूढापाकाहरू बताउनुहुन्छ। कञ्चनरूप नगरपालिका –९ का जोगधर यादवले अहिले त कहीँ कतै गोरुगाडा देख्दा पनि नौलो लाग्ने गरेको बताउनुभयो। उहाँले कोर मधेशका भित्री बस्तीमा समेत गोरुगाडा देख्न मुस्किल पर्न थालेको बताउनुभयो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच