कांग्रेसले गर्‍यो सांसदको हस्ताक्षर संकलन, माओवादी बिना नै सरकार गठनको कसरत

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले कांग्रेस सांसदरुलाई बालुवाटार बोलाउनु भएको छ ।

आफ्नै नेतृत्वमा सरकार गठनका लागि बहुमत जुटाउन कांग्रेसले सांसदहरुको हस्ताक्षर संकलन समेत गरेको छ ।
कांग्रेसले शुक्रबार र शनिबार कांग्रेसले हस्ताक्षर संकलन गरेको हो । शुक्रबार हस्ताक्षर नभएका सांसदहरुलाई आज बालुवाटार बोलाइएको थियो ।

सत्तारुढ गठबन्धन भित्रका दुई दल कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्रीमा दाबी गरिरहेका छन् । गठबन्धनकोसबैभन्दा ठूलो दल कांग्रेस माओवादीलाई बाहिरै राखेर भएपनि सरकार बनाउने कसरतमा जुटेको छ । यसैबीच आज बालुवाटारमा भेला भएका कांग्रेसका महिला सांसदहरूले अब पनि नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बन्नु पर्ने बताएका छन् ।

शनिवार कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवालाई भेट्दै उनीहरूले यस्तो सुझाब दिएका हुन् ।

गठबन्धनको सरकार बन्न सामान्य बहुमत पुगेको छैन । ८९ सिट जितेर कांग्रेस सबैभन्दा ठूलो दल बने पनि सरकार गठनका लागि बहुमत (कम्तीमा १३८ सिट) आवश्यक हुन्छ । त्यसका लागि कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीको २० , नेकपा एसको १०, जनमत पार्टीको ६ र लोसपासहितको जम्मा १४३ सिटसहितको बहुमत जुटाएरै भएपनि सरकार बनाउने कसरतमा छ ।

सत्ता गठबन्धनभित्र सहमति नभए कांग्रेस माओवादीसँको गठबन्धन तोडेर भएपनि आफ्नै नेतृत्वमा सरकार बनाउन चाहन्छ ।

सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी दिएको समयसीमा भोलि आइतबार साँझ ५ बजेसम्म सकिँदैछ ।

समयभित्रै कांग्रेस सभापति शेरबहादुर देउवालाई दाबी पेस गराउन कांग्रेसले खाली कागजमा हस्ताक्षर गराएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?