गायन तथा नृत्यलाई प्रोत्साहन गर्न एक लाख सहयोग

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । ‘कला, संस्कृतिको जगेर्ना र हस्तान्तरण तपाईं हाम्रो उत्तरदायित्व’ नाराका साथ सुरु भएकाे भोजपुर गट ट्यालेन्ट नृत्य तथा गायन प्रतियोगिताका लागि भोजपुरको पूर्वी अरुण गाउँपालिकाले एक लाख सहयोग गरेको छ ।

फाइनल चरणका लागि गरिएको प्रि-फाइनल प्रतियोगिताका प्रमुख अतिथिसमेत रहनु भएका गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले गायन तथा नृत्य क्षेत्रमा बालबालिकालाई प्रोत्साहन गर्न कार्यक्रम प्रभावकारी देखिएको भन्दै सहयोगको प्रतिवद्धता गर्नु भएको हो । भोजपुर फिल्मस् प्रालि र डाइमण्ड क्रु सेन्टरको आयोजनामा सुरु भएकाे प्रतियोगितामा आगामी फागनु १९ गते जिल्ला सदरमुकाममा हुने अन्तिम फाइनल चरणका लागि नृत्य तर्फ छ जना र गायत तर्फ छ जना गरी १२ कलाकार छनौट भएको आयोजक डाइमण्ड क्रु सेन्टरका संयोजक सुशन घिमिरेले जानकारी दिनुभयो ।

फाइनल चरणका लागि नृत्य तर्फ आकृति राई, भिमराज तामाङ, कौशिका ल्वागुन, श्रीया राई, सृजना तामाङ र युनिशा बस्नेतलाई छनौट गरिएको छ । यस्तै गायन तर्फ छनौट हुनेमा अनिल राई, दिक्षा राई, पारस राई, प्रिन्स राई, सन्खु राई र सुजन खड्का रहेको संयोजक घिमिरेले बताउनुभयो ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले ट्रफी, मेडल र प्रमाण पत्रसहित नगद पुरस्कारसमेत पाउने छन् भने नृत्य र गायन एक वर्ष निशुल्करुपमा सिक्ने अवसर पाउने छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?