काठमाडौं । राजनीतिक परिवर्तनपछि मुलुकले अग्रगामी छलाङ मार्ने अपेक्षा गरिएकोमा झनै उल्टो दिशातर्फ धकेलिएको छ । कृषि उत्पादनका साथै औद्योगिक क्षेत्रको योगदान पनि घटेर गएको छ । जसका कारण अर्थतन्त्र निरन्तर ओरालो लागिरहेको छ । आयात व्यापार भने दिनप्रतिदिन बढ्दोक्रममा रहेको छ । अनौपचारिक अर्थतन्त्र मौलाएको छ, आगामी दिनमा अनौपचारिक अर्थतन्त्रले अझै तीव्रता पाउने संकेतहरू देखिँदैछन् ।
कोरोनाकालसँगै ओरालो लागेको नेपालको अर्थतन्त्र पछिल्लो समय विश्वव्यापी मन्दीबीच गुज्रिरहेको छ । जसका कारण बैंक तथा वित्तीय संस्थामा तरलता अभावले उद्योग व्यवसाय प्रभावित भएको छ भने रोजगारीसमेत गुमेको छ, महँगी बढेर सर्वसाधारणको जीवन थप कष्टकर बन्दै गएको छ ।
आर्थिक मन्दीको सबैभन्दा बढी असर नेपालको आत्मनिर्भर र आत्मनिर्भरोन्मुख क्षेत्रमा परेको छ । जसले नेपालमा राम्रो सम्भावना बोकेको सिमेन्ट उद्योगलाई गम्भीर धक्का दिएको छ । लामो समयको तरलता संकटले निर्माण क्षेत्र सुस्ताउँदा प्रत्यक्ष असर सिमेन्ट उद्योगमा समेत देखिएको हो ।
निरन्तरको प्रयासपछि नेपाली सिमेन्ट उद्योगले विदेशसमेत निर्यात सुरु गरेका थिए । सिमेन्ट निर्यात सुरु भएपछि सिमेन्ट उद्योगी उत्साहित बनेका थिए तर पछिल्लो समय सरकार तथा राष्ट्र बैंकको कडा नीतिगत व्यवस्थाका कारण सिमेन्ट उद्योग संकटमा परेका छन् ।
निरन्तरको प्रयासपछि नेपाली सिमेन्ट उद्योगले निर्यातसमेत सुरु गरेका थिए । निर्यात सुरु भएपछि सिमेन्ट उद्योगी उत्साहित बनेका थिए तर पछिल्लो समय सरकार तथा राष्ट्र बैंकको कडा नीतिगत व्यवस्थाका कारण सिमेन्ट उद्योग संकटमा परेका छन् ।
तरलता अभावबीच राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत् घरजग्गा ऋणमा जोखिम भार दोब्बरले बढाएपछि त्यसको असर सिमेन्ट उद्योगमा समेत परेको उद्योगीको भनाइ छ । परिणामस्वरूप सिमेन्टको माग हृवात्तै घटेको छ । माग घटेपछि करिब २५ प्रतिशत क्षमतामा मात्रै उद्योग सञ्चालन भइरहेको नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुवराज थापाले हिमालय टाइम्सलाई बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘सिमेन्ट उद्योगको अवस्था अहिले खराब छ । बजारमा सिमेन्टको माग छैन, मूल्य पनि छैन, त्यही भएर उत्पादन पनि घटेर गएको छ । दुई–तीनवटा सिमेन्ट उद्योग बन्द भइसके ।
अझै केही उद्योग बन्द हुने अवस्थामा छन् ।’ तरलता अभाव, चर्को ब्याजदर र राष्ट्र बैंकको नीतिका कारण सिमेन्ट उद्योगीहरू समस्यामा परेको उहाँको भनाइ छ । थापाका अनुसार विश्व नै आर्थिक मन्दीमा रहेको अवस्थामा सरकारले थप समस्यामा पार्ने गरेर नीति ल्याउन नहुनेमा हचुवामा गलत नीति ल्याउँदा थप संकट परेको हो । सिमेन्ट उद्योगमा दुई सय अर्बभन्दा बढी ऋण रहेको र २५ प्रतिशतभन्दा कम क्षमतामा उद्योग सञ्चालन गर्दा सिमेन्ट उद्योगीहरू ऋण तिर्न नसकेर हात उठाउनुपर्ने अवस्थामा पुगेको उहाँले बताउनुभयो । थापा भन्नुहुन्छ, ‘सरकारले बजेट खर्च गर्दैन, बैंकले पैसा दिँदैन । अनि कहाँबाट सिमेन्टको माग बढ्छ ?’
अर्घाखाँची सिमेन्ट उद्योगका सहायक महाप्रबन्धक रमेश थापा पनि तरलता अभाव, घरजग्गा कारोबारमा मन्दीलगायतका कारण सिमेन्ट उद्योगमा असर परेको बताउनुहुन्छ । सिमेन्टको माग घटेकाले मूल्यसमेत घटाएर बेच्नुपर्ने बाध्यता रहेको उहाँको गुनासो छ । त्रिशक्ति सिमेन्टका महाप्रबन्धक उमेशचन्द ठाकुर राज्यको नीतिका कारण खर्बौंको लगानी डुब्ने अवस्थामा पुगेको बताउनुहुन्छ । राष्ट्र बैंकले चालु आवका लागि ल्याएको मौद्रिक नीति तथा चालु पुँजीकर्जा मार्गदर्शनका कारण उद्योगी मारमा परेको उहाँको भनाइ छ ।
हाल नेपालमा पाँच दर्जनभन्दा बढी सिमेन्ट उद्योग सञ्चालनमा रहेका छन् । आफैँ क्लिङ्कर पनि उत्पादन गर्ने र ग्राण्डिङ गरेर सिमेन्ट उत्पादन गर्ने उद्योग २५ प्रतिशत क्षमतामा सञ्चालन भए पनि ग्राण्डिङमात्रै गर्ने सिमेन्ट उद्योग प्रायः बन्द रहेको उद्योगी बताउँछन् ।
त्यसो त सिमेन्टमात्र होइन, डण्डी उद्योगको हालत पनि उस्तै छ । कतिपय उद्योगले उत्पादन नै बन्द गरेर बसेका छन् । एकातिर लगानीयोग्य पुँजीको अधिक अभाव र चुलिएको बैंक ब्याजदरका कारण उद्योग चल्न नसक्ने अवस्थामा पुगेका छन् भने बढ्दो डलरको भाउले कच्चा पदार्थको मूल्य बढ्दा थप असर परेको हो । उद्योगीका अनुसार मंसिरदेखि निर्माण सामग्रीको पिक सिजन मानिन्छ तर वार्षिक १५ लाख टन डन्डी उत्पादन हुने गरेकोमा अहिले घटेर जम्मा चारदेखि पाँच लाख टनमा झरेको छ । मंसिरदेखि मासिक डेढ लाख टन माग हुनुपर्नेमा घटेर जम्मा ४० देखि ५० हजार टनमा झरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच