यस्तो छ तपाईंको पुस १० गते आइतबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ साल पुस १० गते आइतबार, ई.सं २५ डिसेम्बर, २०२२ । तिथि- पौष शुक्लपक्ष द्वितीया, नक्षत्र- उत्तराषाढा, योग- ध्रुव, करण- कौलव, चन्द्रराशि- धनु, सूर्योदयः ६ः५४, सूर्यास्तः १७ः१४ ।

मेष : सामाजिक काममा प्रशंसित हुने अवसर पनि पाइनेछ ।

वृष : इष्टमित्रबाट तिरस्कृत, अपमानित हुनुपर्ने अवस्था आइपर्न सक्छ ।

मिथुन : आतिथ्यपूर्ण सम्मान र मीठो भोजनको प्राप्ति हुनेछ ।

कर्कट : दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ ।

सिंह : यात्रामा पनि झण्झट आइलाग्नेछ ।

कन्या : पराक्रम र उत्साहमा कमी आउने छ ।

तुला : अतिथिका रूपमा सम्मान पाइनेछ ।

वृश्चिक  : सामान हराउने वा चोरी हुने सम्भावना छ ।

धनु : परिवारका सदस्य बिरामी पर्नाले तनाव उत्पन्न हुनेछ ।

मकर : आँटेताकेका काममा बाधा हुनेछ ।

कुम्भ : सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

मीन : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?