४४ औं प्रधानमन्त्री बन्न प्रचण्डलाई १६९ सांसदको समर्थन

हिमालय टाइम्स
Read Time = 2 mins

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई ४४ औं प्रधानमन्त्री बन्न प्रचण्डलाई १६९ सांसदको समर्थन गर्ने भएका छन् ।

सत्ता गठबन्धनमा कांग्रेस सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बार्ता गरेका प्रचण्ड ७ दल र १६७ सांसदसहित तेस्रो पटक प्रधानमन्त्री बन्न लागेका हुन्।

२७५ सांसद रहेको प्रतिनिधि सभामा प्रचण्डलाई संसदमा एमालेको ७८, माओवादीको ३२, रास्वपाको २०, राप्रपाको १४, जनमतको ६, नागरिक उन्मुक्ति पार्टीको ४ र जसपाको १२ सांसद रहेका छन् ।
त्यस्तै प्रभु शाह, अमरेश कुमार सिंह र किरणकुमार साह शीतलनिवासमा पुगेर प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन जनाएका छन् ।

सात दलबीच भएको सहमति अनुसार एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आधा आधा कार्यकाल प्रधानमन्त्री हुने भएका छन्।

राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखसहितका पदहरुको भागवण्डा भने मिलिसकेको छैन।

बालकोटस्थित एमाले अध्यक्ष ओली निवासमा आइतबार दिउँसो बसेको ७ दलको बैठकले प्रधानमन्त्रीमा प्रचण्डलाई अघि सार्ने निर्णय भएको हो।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?