माओवादी पदाधिकारी बैठक ४ बजे फेरि बस्दै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सत्तारुढ दल (नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आजै अपरान्ह ४ बजे बस्नेगरी सकिएको छ ।

बुधवार बिहान पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पदाधिकारी बैठकमा आगामी १७ गतेबाट बस्ने केन्द्रिय समितिको एजेण्डा तयार गर्ने विषयमा प्ररम्भिक छलफल गरेको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले बताउनु भयो । उहाँले केन्द्रिय समितिको बैठकका लागि प्रारम्भिक एजेण्डा तय गर्न बैठक बसेको र केही पदाधिकारीहरुले आफ्नो धारणा राखिसकेको र केही पदाधिकारीको धारणा साँझ ४ बजेको बैठकमा राख्नगरी अहिलेलाई बैठक सकिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘केन्द्रिय समितिको बैठक १७ गतेदेखि हुँदैछ । त्यो बैठकको प्रारम्भिक एजेण्डा तयार गर्न, विशेष गरी सबै पदाधिकारीहरुले आफ्नो धारणा राख्नुभयो । अध्यक्ष ज्युले नै आफू केही दिन बाहिर हुने र बैठकका प्रारम्भिक एजेण्डा तयार गर्नका लागि बैठक बस्नुहोला भनेकाले बसेको हो । केन्द्रिय कमिटी बैठक कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल गरिएको छ । सबैले आ–आफ्ना कुरा राख्नुभयो । बैठक फेरि बेलुका ४ बजे बस्नेछ ।’

उपाध्यक्ष महराले पार्टी अध्यक्ष पुष्पकमल दाहालले नै अनुमति दिएसँगै पदाधिकारी बैठक बसेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?