चोभार ड्राइपोर्टको पहिलो ग्राहक ‘उपाय’

Read Time = 2 mins

काठमाडौं । नेपाल इन्टरमोडल यातायात विकास बोर्ड (एनआइटिडिबी) ले चोभार सुक्खा बन्दरगाहको नवनिर्मित आन्तरिक टर्मिनलको पहिलो ग्राहक लजिस्टिक कम्पनी ‘उपाय’ भएको घोषणा गरेको छ । आन्तरिक टर्मिनलमा एक सय ५० ट्रक र कन्टेनर पार्किङ क्षमता, ५४-५४ वर्ग मिटर गोदाम, ८० टनसम्म सवारीसाधन तौल गर्ने सुविधा, लोड/अनलोड शेड र चालक तथा कामदारका लागि शौचालयको व्यवस्था छ ।

नेपालको ढुवानी उद्योगलाई आधुनिकीकरण गर्न र थप प्रभावकारी र व्यवस्थित आपूर्ति शृंखला सिर्जना गर्ने प्रयासमा एउटा महत्वपूर्ण कोशेढुंगा भएको उपायले जनाएको छ । एनआइटिडिबीका कार्यकारी निर्देशक आशिष गजुरेलले उपायले आन्तरिक टर्मिनल प्रयोगका लागि एनआइटिडिबीको एप्लिकेसनबाट उपलब्ध गराइएका सेवा प्रयोग गरी टर्मिनलबाट आंशिक गोदाम सञ्चालन गर्ने बताउनुभएको छ ।

कम्पनीका अनुसार उपायको अन्तिम लक्ष्य निकट भविष्यमा आफ्नै गोदाम बनाउने रहेको भए पनि कम्पनीले हाल आफ्नो मागअनुसारको सेवा प्रवद्र्धन गर्ने र सामान ढुवानी गर्न चाहने सुक्खा बन्दरगाहका ग्राहकलाई यातायात सेवा उपलब्ध गराउनमा केन्द्रित छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?