चलचित्र कार्याशाला सम्पन्न

हिमालय टाइम्स
Read Time = 2 mins

झापा । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, चलचित्र विकास बोर्डको विशेष सहयोगमा श्रीभा सञ्चार प्रा.लि.र जनचेतना नेपालले झापा जिल्लाको बिर्तामोडमा ‘नेपाली चलचित्रमा पर्या-पर्यटन तथा युवाहरूको भूमिका सम्बन्धी, एकदिने चलचित्र कार्यशाला-२०८०’ सम्पन्न भएको छ ।

चलचित्र क्षेत्रसँग सम्बन्धित ८० जना युवाहरूको सहभागितामा कार्यशाला सम्पन्न भएको हो । कार्यक्रम श्रीभा सञ्चारका प्रबन्धक निर्देशक गोविन्द कार्कीको सभापतित्वमा भएको कार्यक्रममा जनचेतना नेपालका केन्द्रीय अध्यक्ष बालकृष्ण निरौला प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रमा वरिष्ठ चलचित्र निर्देशक निर्माता, चिरञ्जीवी बस्नेत, लेखक निर्देशक विश्वमणि घिमिरे, समाजसेवी शेरबहादुर थापा, साना किसान विकास बैंकका इलाका प्रमुख शुभाष गौतम, चन्द्र-सूर्य युवा कल्बका अध्यक्ष मेदनी घिमिरे, युवा आवाजका अध्यक्ष सेवन्त पोखरेल, जनचेतना नेपालका कोशी प्रदेश संयोजक, खेमराज अधिकारीलगायत व्यक्तित्वको सहभागिता थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?