मुक्तिनाथ र गुरु ट्राभल्सबीच सहकार्य

Read Time = 1 min

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ग्राहकलाई थप सेवा प्रदान गर्ने उद्देश्यका साथ काठमाडौंको दरबारमार्ग गुरु ट्राभल्स लिमिटेडसँग व्यावसायिक सहकार्यसम्बन्धी सम्झौता गरेको छ । सम्झौतासँगै मुक्तिनाथ विकास बैंकका खातावाला तथा ग्राहकले गुरु ट्राभल्समा विशिष्टीकृत सेवाका साथ विभिन्न सेवा तथा सुविधामा छुट प्राप्त गर्न सक्नेछन् ।

साथै बैंकले डिजिटल कारोबारलाई प्रोत्साहित गर्न बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकका एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्थासमेत गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?