माओवादी प्रदेश १ संसदीय दलको नेतामा आङ्बो निर्विरोध

Read Time = 1 min

विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ को संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बो निर्विरोध निर्वाचित हुनु भएको छ ।

माओवादीबाट दलको नेता चयन हुनुभएका आङ्बो प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री हुनु हो। प्रदेशमा सबैभन्दा लामो समय मन्त्री बनेको अनुभव उहाँसँग छ ।

पूर्वमुख्यमन्त्री शेरधन राई र हालका मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारमा उहाँ एउटै मन्त्रालयको जिम्मेवारी पाउनु भएको थियो ।

दलको नेतामा सांसद (प्रदेशसभा सदस्य) दुर्गाप्रसाद चापागाईं पनि दाबेदार हुनु हुन्थ्यो । माओवादीका नेता एवं प्रदेश सांसद राजेन्द्र कार्की ‘नवीन’ले आङ्बोलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरिएको जानकारी दिनुभयो ।

आङ्बो यसअघि पनि माओवादीको संसदीय दलका नेता हुनुहुन्थ्यो । मंसिर ४ गतेको निर्वाचनबाट उहाँ पाँचथरको ‘ख’बाट दोस्रोपटक निर्वाचित हुनु भएको थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?