मलेसिया र खाडीमा वैदेशिक रोजगारी आकर्षण उस्तै, विकशित देशको चर्चा मात्र

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 10 mins

रमेश भारती/हिटा
काठमाडौं । वैदेशिक रोजगारीको खोजीमा देश छाडेर विदेश जाने क्रम मासिक रूपमा बढ्दो छ । २०७९/८० मा सात लाख ७१ हजार ३२७ जनाले श्रम स्वीकृति लिएको रोजगारीको खोजीमा विभिन्न देश पुगेको वैदेशिक रोजगार विभागको तथ्यांकमा छ । आर्थिक वर्ष २०७८/७९ मा ६ लाख ३० हजार ९० जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएको विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्ष एक लाख ४० हजार ४४२ जना बढी वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकमा छ ।

आर्थिक वर्ष २०७९/८० मा खाडीका देश र मलेसिया नै नेपालीको रोजगार गन्तव्य देश बनेको छ । गत वर्ष मलेसियामा सबैभन्दा धेरै नेपालीहरू वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकमा छ । गत वर्ष सात हजार २९९ महिलासहित दुई लाख ५९ हजार ५९४ जना मलेसिया रोजगारीका लागि गएका छन् । सोमध्ये दुई लाख १९ हजार ३५७ जनाले मलेसिया जान पहिलोपटक श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा छ ।

मलेसियापछि सबैभन्दा बढी नेपाली कामदारको रोजगार आकर्षण खाडीका देश परेका छन् । खाडीका देशमा पनि कतार जानेको संख्या गत वर्ष धेरै रहेको विभागले जनाएको छ । गत आर्थिक वर्षमा ६ हजार ६९९ महिलासहित एक लाख ३३ हजार २६२ जनाले कतार जान श्रम स्वीकृति लिएका छन् । कतारपछि यूएई जान २४ हजार ९१ महिलासहित एक लाख १६ हजार १५९ जनाले श्रम स्वीकृति जारी भएको विभागको तथ्यांकमा छ ।

साउदी नेपाली कामदारको चौथो रोजगार गन्तव्य देश बनेको छ । गत वर्ष ९३३ महिलासहित एक लाख १२ हजार ७७७ जनाले साउदीका लागि श्रम स्वीकृति भएको विभागले जनाएको छ । साउदीपछि कुवेत जान ३१ हजार ६९१ पुरुष ११ हजार ८१६ महिला गरी ४३ हजार ५०७ जना र बहराइनको लागि एक हजार ११७ महिला र ६ हजार ५१४ पुरुष गरी सात हजार ६९० जनाले श्रम स्वीकृति लिएका छन् । खाडीकै अर्को देश ओमानको लागि श्रम स्वीकृति लिनेको संख्या तीन हजार ९५५ पुरुष र एक हजार ३३९ महिला गरी पाँच हजार २९४ रहेको छ ।

यस्तै, युरोपका देश, खाडी र मलेसियाबाहेक दक्षिण कोरियामा २२ हजार ३३ जना कामदार रोजगारीका लागि गएको विभागको तथ्यांकमा उल्लेख छ । दक्षिण कोरियापछि जापानको लागि एक हजार ४५८ महिलासहित नौ हजार ६४४ जनाले श्रम स्वीकृति लिएका छन् । नेपालबाट सरकारी प्रक्रियामा श्रमिक पठाइने देश इजरायलमा एक हजार ८४ जना रोजगारीका लागि पुगेका छन् । गत आर्थिक वर्षपछि ९४ प्रतिशत नेपाली मलेसिया र खाडीका देश वैदेशिक रोजगारीमा गएको विभागले जनाएको छ ।

मलेसियाको सरकार पछिल्लो समय श्रमिकको पक्षमा लचिलो बन्दै गएका कारण यो देश नेपाली कामदारको रोजाइमा परेको म्यानपावर व्यवसायीले जनाएका छन् । म्यानपावरका अनुसार आधारभूत तलब बढाएर १५ सय रिंगिट भएको कारण मलेसिया नेपाली कामदारको रोजाइ परेको हो । मलेसियाको हावापानी नेपालकोसँग मिल्दोजुल्दो भएकाले पनि त्यहाँको आकर्षण बेढेको देखिन्छ । मृत्युदण्डको सजाय हुनेलगायत केही कानुनमा सुधार गरिएको कारण मलेसियामा धेरै नेपाली कामदार गएको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

युरोप नयाँ गन्तव्य तर, आकर्षण बढेन
आर्थिक वर्ष २०७९/८० मा विभागले श्रम स्वीकृति दिएको तथ्यांकअनुसार नेपालीहरूले श्रम गन्तव्य बनाएका प्रमुख १० वटा युरोपेली देशमा रोमानिया, क्रोएसिया, साइप्रस, पोल्याण्ड, माल्टा, बेलायत, सर्बिया, पोर्चुगल, ब्रुनाई र क्यानडा रहेका छन् । गत आर्थिक वर्ष २०७९/८० मा ४४ हजार ३२७ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा छ । अघिल्लो आर्थिक वर्षमा पनि यी देशमा यही संख्यामा नेपाली कामदार रोजगारीका लागि गएको विभागले जनाएको छ । यो वर्ष ४३ हजार ७३४ कामदार युरोपका देश रोजगारीमा गएको विभागले जनाएको छ ।

सरकारले युरोपका रोमानिया, क्रोएसिया, साइप्रस र पोल्याण्डलाई नयाँ रोजगार गन्तव्य देशका रूपमा अघि सरेको थियो । तर, यी देशमा नेपाली कुटनीतिक नियोग नहुँदा रोजगारीमा जाने कामदारको आकर्षण बढ्न सकेन । सरकारले युरोपका देशमा पनि नेपाली कामदार पठाउन नयाँ रोजगार गन्तव्यका रुपमा विकास गरिरहेको विभागका महानिर्देशक मदन दाहालले जानकारी दिनुभयो । खाडी र मलेसियामा नेपाली कामदार तीन दशकयता जाँदै आएका कारण पनि आकर्षण उस्तै भएको उहाँको दाबी छ । विस्तारै युरोपका देश जाने नेपाली कामदारको संख्यामा आकर्षण बढ्ने दाहाल बताउनुहुन्छ ।

नेपालीहरू धेरै रोजगारीमा जाने युरोपेली देशमध्ये रोमानियाको लागि एक हजार ७७३ महिलासहित १४ हजार २२५ जनाले श्रम स्वीकृति लिएका छन् । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा रोमानियाको लागि सात हजार ४७५ जनाले श्रम स्वीकृति लिएका थिए । रोमानियापछि क्रोएसियाको लागि आर्थिक वर्ष २०७९/८० मा ५२९ महिलासहित सात हजार ४४१ जनाले श्रम स्वीकृति लिएका छन् । जुन त्यसको अघिल्लो आर्थिक वर्षको भन्दा दुई हजार बढी हो । आर्थिक वर्ष २०७८/७९ मा क्रोएसियाको लागि पाँच हजार ३३४ जनाले श्रम स्वीकृति लिएका थिए ।

दक्षिण युरोपेली देश माल्टा पनि नेपाली श्रमिकको रोजाइमा पर्दै आएको छ । आर्थिक वर्ष २०७८/७९ मा एक हजार ९१५ जना रोजगारीको लागि माल्टा पुगेका थिए । तर, गएको आर्थिक वर्षमा माल्टा जानेको लहर ह्वात्तै बढेको देखिन्छ । आर्थिक वर्ष २०७९/८० मा चार हजार ५६८ पुरुष र एक हजार ७३५ महिला गरी ६ हजार ३०३ जनाले माल्टा जानको लागि श्रम स्वीकृति लिएका छन् । यस्तै, आर्थिक वर्ष २०७९/८० मा रोजगारीको लागि बेलायत जान ६६९ महिलासहित दुई हजार २६४ जना र सर्बिया जान २३३ महिलासहित ९६२ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा छ । २०७८/७९ मा सर्बियाको लागि ९६ जनाले श्रम स्वीकृति लिएका थिए । बेलायतमा भने मौसमी श्रमिकको नाममा पठाउँदा त्यो समयमा अलि धेरै श्रमिक बेलायत गएको देखिन्छ । यो वर्ष दुई हजार ८१४ जनाले बेलायतको लागि श्रम स्वीकृति लिएका थिए ।

पोर्चुगल पनि नेपाली श्रमिकको रोजाइ गन्तव्य बन्दै गएको छ । आर्थिक वर्ष २०७९/८० मा ६४ महिलासहित ७३२ जनाले पोर्चुगल जान श्रम स्वीकृति लिएका छन् । त्यसको अघिल्लो आर्थिक वर्षमा जम्मा ७९ जनाले पोर्चुगल जान श्रम स्वीकृति लिएका थिए । ब्रुनाई जान १२७ महिलासहित १३ सय ५५ जना र क्यानडाको लागि १२१ महिलासहित ६४६ जनाले श्रम स्वीकृति लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
मैथिली साहित्यका वरिष्ठ साहित्यकार डा. रेवतीरमण लालको निधन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत र उद्धारको कार्यलाई प्राथमिकतामा राख्ने काँग्रेसको निर्णय दिक्तेल बजारको बेसक्याम्पमा द्वन्द्वकालीन विस्फोटक पदार्थ फेला गृहमन्त्री गुरुङद्वारा जेन–जी शहीद स्मारक पार्कको शिलान्यास भूकम्पले रोकिएको हनुमानढोकाको नित्य प्रवचन ११ वर्षपछि पुनः सुरु संविधान कार्यान्वयन नै नगरी संशोधनको बहसमा पुग्यौँः जीवन परियार मदन पुरस्कार वीणा राजभण्डारी र जगदम्बाश्री किरण खरेललाई जलवायु अनुसन्धानमा नीतिगत झमेला र लगानी अभाव मुख्य चुनौती : सांसद रेग्मी न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्छः संविधानविद् अधिकारी परराष्ट्रमन्त्री खनाल र कोरियाली विदेशमन्त्री छोबीच भेटवार्ता