कांग्रेस बैठक : सभामुख निर्वाचनबारे अन्य दलसँग समन्वय गर्ने जिम्मा देउवालाई

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । संसद्को सबैभन्दा ठूलो दल भएर पनि केन्द्रदेखि प्रदेशसम्म सत्ता गुमाएको नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दिने लगभग निश्चित भएको छ ।

सके भागबण्डा नभएपनि आफ्नो तर्फबाट सभामुखमा उम्मेदवारी दिने कांग्रेसले तय गरेको छ । प्रतिनिधिसभामा मतदान गर्न पाउने संख्या ८८ रहेको कांग्रेसले एक्लै सभामुखको चुनाव जित्न असम्भव छ । वर्तमान सत्ता गठबन्धनका दलमध्ये माओवादी केन्द्रको सहयोग पाउने उसले आशा गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर सत्ता पक्षसँग अनौपचारिक रुपमा कांग्रेसले सभामुख लगायत केही पद आफ्नो पार्टीको भागमा पार्न बार्गेनिङ समेत थालेको छ ।

यसैबीच देउवा निवास धुम्बाराहीमा बिहीबार कांग्रेसको पदाधिकारी बैठक बसेको थियो ।

उक्त बैठकले माघ ५ गते हुने प्रतिनिधिसभाको सभामुख निर्वाचनको तयारीबारे अन्य दलहरुसँग समन्वय गर्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ ।

बैठकमा सहभागी एक नेताका अनुसार सभामुख, उपसभामुख निर्वाचनबारे छलफल गर्दै कांग्रेसबाट उम्मेदवार उठाउने–नउठाउने विषयमा अन्य दलहरुसँग समन्वय गर्ने जिम्मा सभापति देउवालाई दिने निर्णय गरेको छ ।

आजको पदाधिकारी बैठकमा पार्टीका भ्रातृ संगठनलाई पूर्णता दिने विषयमा समेत छलफल भएको थियो ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आउँदो माघ १५ गतेका लागि बोलाइएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?