पुस २५ गते विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको पहिलो बैठकमा विश्वासको मत लिने तयारी गर्नुभएको छ ।

स्रोतका अनुसार प्रचण्डले पुस २५ गते सोमबार विश्वासको मत लिने तयारी गर्नुभएको हो। एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ती पार्टी र ३ स्वतन्त्र सांसदसहित १६९ सांसदको समर्थन लिएर प्रचण्ड आइतबार संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । उहाँले एक महिनाभित्र संसदमा विश्वासको मत लिनुपर्ने हुन्छ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले १३ दिनको समय राखेर २५ गते सोमबार दिउँसो १ बजे संसदको पहिलो बैठक आह्वान गर्नुभएको छ । संविधानको धारा ७७ अनुसार आम निर्वाचनपछिको सरकारले पहिलोपटक विश्वासको मत लिएपछि दुई वर्षसम्म अविश्वास प्रस्ताव राख्न पाइने छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?