श्रमिकले टेलिमेडिसिन सेवा पाउने

Read Time = 2 mins

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका कामदारलाई टेलिमेडिसिनमार्फत् स्वास्थ्य परामर्श दिने भएको छ । मन्त्रालयमा बुधबार बसेको स्वास्थ्य विज्ञ समूहको बैठकले यस्तो निर्णय गरेको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारमा स्वास्थ्यसम्बन्धी आवश्यक जानकारी नहुँदा धेरैको मृत्यु हुने क्रम बढेकाले टेलिमेडिसिनमार्फत् सेवा प्रदान गर्ने निर्णय गरिएको मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिनुभयो ।

मुलुकभित्रकै कामदारले पनि यस्तो सुविधा पाउने बताइएको छ । जसका लागि मन्त्रालयले सहसचिव राजिव पोखरेलको संयोजकत्वमा एक अध्ययन समिति निर्माण गरेको छ ।

समितिले सो सम्बन्धी प्रक्रिया अध्ययन गरी आगामी १५ दिनभित्र प्रतिवेदन बुझाउने र प्रतिवेदनअनुसार काम अघि बढाइने मन्त्रालयले जनाएको छ । उक्त कार्यक्रमका लागि वैदेशिक रोजगार बोर्डले २५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?