काठमाडौं । सबल बैंक, सफल सहकार्य भन्ने नाराका विगत २८ वर्षदेखि सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा बैंकको तुल्सीपुर शाखाले बेलझुण्डी दाङस्थित नेपाल संस्कृत विश्वविद्यालयलाई ल्यापटप र प्रिन्टर हस्तान्तरण गरेको छ ।
नेपालमा संस्कृत शिक्षालाई सर्वसुलभ, संस्कृत वाङ्मयभित्रका आध्यात्मिक मूल्यमान्यता तथा उदात्तभावलाई समयको मागअनुरूप प्रवाहित गराउने उद्देश्यले स्थापित विश्वविद्यालयको कार्य सञ्चालन तथा विश्वविद्यालयमा अध्ययनरत बालबालिकाको शिक्षामा समेत थप टेवा पुग्ने उद्देश्यले सहयोग प्रदान गरिएको बैंकले जनाएको छ ।
त्यस्तै, लालबन्दी शाखाले राधाकृष्ण मन्दिर भागवतधाम धर्मशालाका लागि आवश्यक टेबल र कुर्सी सहयोग प्रदान गरेको छ भने बैंकको मनहरी शाखाले राष्ट्रिय रोटरी माध्यमिक विद्यालयलाई ट्राफिक सचेतनासम्बन्धी होर्डिङ बोर्ड हस्तान्तरण गरेको बैंकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच