हुस्सुका कारण हेनान प्रान्तमा २०० सवारी फसे, दर्जनौं घाइते

हिमालय टाइम्स
Read Time = 1 min

बेइजिङ । मध्य चीनको हेनान प्रान्तको झेनझोउ सहरको एउटा पुलमा बुधबार बिहान अत्याधिक हुस्सुका कारण दर्जनौं सवारी साधनहरू ठोकिनुका साथै ठूला कारको थुप्रोमा ठोकिएका छन् ।

सामाजिक सञ्जालमा तस्बिर र भिडियोहरूमा झोनझोउ हुवांगे पुलमा धेरै कारहरू र ट्रकहरू एकै ठाउँमा थुप्रिएको देख्न सकिन्छ । चिनियाँ समाचार संस्था सीसीटीभीकाका अनुसार दुर्घटनामा धेरै मानिस घाइते भएका छन भने पुलमा अग्नि नियन्त्रकहरु प्रिचालन गरिएको छ । दुर्घटनामा मृत्यु भएको विवरण भने सार्वजनिक भएको छैन् ।

घटनास्थलमा रहेका उद्धारकर्ताहरूको प्रारम्भिक अनुमानमा २०० भन्दा बढी सवारी साधन थिए र घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको स्थानीय टेलिभिजनले जनाएको छ ।

स्थानीय मौसम विज्ञान सेवाका अनुसार झेंग्झाउ लगायतका धेरै क्षेत्रमा भिजिबिलिटी ५०० मिटर र केही क्षेत्रमा २०० मिटरभन्दा कम थियो । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?