भुकम्प गएको १० दिनपछि जाजरकोटको ध्यारगाउँमा राहत (फोटोफिचर)

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । जाजरकोटमा गत कार्तिक १७ गएको महाभूकम्पले क्षति पुगेको नलगाड नगरपालिका वडा नम्बर १३ मा पर्ने खालिगुर्ता, रुपा, ध्यारगाउँलगायतका ठाउ भुकम्प प्रभावित क्षेत्र हुन्। करिब ५०० घर भन्दा बढी घर धुरी रहेको त्यस नगरपालिकामा १० दिनपछि बल्ल राहत पुगेको छ। त्यस क्षेत्रमा हिमपात सुरु भइसकेको अवस्था छ । राहत पुगे पनि प्रशस्त राहत नपुग्दा त्यस ठाउँका पिडितहरु चिँसोमै रात कटाउन बाध्य छन्

जाजरकोटमा यस्ता भौगोलिक जटिलता भएका ठाउँमा समयमा राहत पुग्न नसक्दा स्थानीय र संघीय सरकार माथि प्रस्न उठाउदै छन् । ध्यारगाउ पुग्न नलगाड नगरपालिका देखि हिडेको ३ देखि ४ दिन सम्म लाग्ने गर्छ ।

सोमबार हामी नेपालसँगको सहकार्यमा नेपाली सेना उप सेनानी सन्देश अधिकारी क्षेत्रीको नेतृत्वमा रहेको श्री चन्दन नाथ गण स्थित नलगाड सुरक्षा बेसको सहयोगमा हामी नेपालद्वारा नेपाली सेनाको कल साइन बेल हेलिकप्टरमा ५०० घरधुरी लाई पुग्ने गरि ५०० पिसको त्रिपाल, १०० पिस म्याट, ६० पिस फाइबर सिरक पठाइ नेपाल प्रहरी र वडा अध्यक्षको रोहबरमा वितरण गरिएको हो ।

जाजरकोटमा यस्ता भौगोलिक जटिलता भएका धेरै नै गाउँहरु छन अनि भुकम्प गइसकेको १० दिन सक्दा पनि राहत नापएको जनताहरुको गुनासो छ

तस्बिरहरुः भावना राउत/नेपाल फोटो लाइब्ररी

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?