न्याय क्षेत्रलाई शिर ठाडो बनाएर हिँड्नसक्ने वातावरण आवश्यक छ : महान्यायाधिवक्ता पोखरेल

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । महान्यायाधिवक्ता दिनमणि पोखरेलले २९ औं महान्यायाधिवक्ताको पदभार ग्रहण गर्नुभएको छ ।

महान्यायाधिवक्ता पोखरेलले बहीवार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष का.मु. प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ खुवाएलगत्तै महान्यायाधिवक्ताको कार्यालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो ।

पदभार ग्रहण गर्ने क्रममा कार्यालयका कर्मचारीहरुले महान्यायाधिवक्ता पोखरेलको भव्य स्वागत गरेका थिए । प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति भण्डारीले पोखरेललाई बुधवार महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको थियो ।

पदभारग्रहणपछि बोल्दै उहाँले न्यायको क्षेत्रलाई शिर ठाडो बनाएर हिँड्नसक्ने वातावरण बनाएर अघि बढ्न आवश्यक रहेको बताउनु भयो । उहाँले लिडर नभइ लिडरसिपलाई अघि सारेर अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले न्याय क्षेत्रमा भएका समस्याहरुको समाधान खोजेर अघि बढ्नुपर्ने बताउनु भयो ।

उहाँले सरकारी वकीलहरुको सेवाशर्तसम्बन्धी छुट्टै ऐन ल्याउनका लागि आफ्नो तर्फबाट गर्नसक्ने प्रयत्न गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले बनेका नीतिहरु कार्यान्वयन हुन नसक्दा धेरै समस्या आउने गरेको भन्दै बनेका नीतिहरुको कार्यान्वयन गर्न अग्रसर हुनेपनि बताउनु भयो ।

महान्यायाधिक्ता पोखरेलले यसअघिका महान्यायाधिवक्ताहरुले गरेका राम्रा कामहरुलाई अघि बढाएर थप नयाँ काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?