प्रभु साहको अध्यक्षतामा ‘आम जनता पार्टी’को घोषणा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सांसद प्रभु साहले नयाँ पार्टी घोषणा गर्नुभएको छ ।

माओवादीबाट एमाले हुँदै स्वतन्त्र रुपमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित साहले आफ्नै अध्यक्षतामा ‘आम जनता पार्टी’ घोषणा गर्नुभएको हो ।

काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा नयाँ पार्टी घोषणा गरिएको हो । ५१ सदस्यीय केन्द्रीय कमिटी बनाइएको छ ।

नेकपा खारेजसँगै एमाले र माओवादी आआफ्नो अस्तित्वमा फर्किंदा साह एमालेमै रहनुभएको थियो भने गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा साहले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । साह रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनु हो । यस अघि एमालेले उहाँलाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?