हत्यामा संलग्नलाई कारबाही गर्न गृहमन्त्री समक्ष अनेरास्ववियुको ज्ञापनपत्र

Read Time = 1 min

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई अनेरास्ववियुले केन्द्रीय कमिटी सचिवालय सदस्य चेतन ऐडीका हत्यारालाई कारबाहीको माग गर्दै आज ज्ञापन पत्र बुझाएको छ ।

गृहमन्त्री लामिछानेलाई अनेरास्ववियुका अध्यक्ष सुनिता बरालको नेतृत्वमा गएको टोलीले हत्यामा सङ्लग्नलाई पक्राउ गरी कारबाही गर्न माग राखेको हो । गृहमन्त्री लामिछानेले हत्यामा संलग्नलाई पक्राउ गर्ने प्रतिबद्धता जनाउनुभएको अनेरास्ववियुका महासचिव समिक वडालले जानकारी दिनुभयो ।

गत मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका दिन बाजुरा जिल्ला त्रिवेणी नगरपालिका–७ स्थित मतदानस्थलमा भएको विवादमा राति आफ्नै घरमा सुतिरहेको बेला अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य ऐडीको हत्या भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?