श्रीलंकाको मत्तालास्थित अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा

Read Time = 1 min

कोलम्बो । श्रीलंकाको दक्षिणी शहर मत्तालामा रहेको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थलले दुई वर्षपछि बिहीबारदेखि अन्तर्राष्ट्रिय उडान सुरु गरेको छ । बिहीबार नै रूसको रेड विङ्स एयरलाइन्सको एक यात्रुवाहक विमान करिब ४ सय यात्रु लिएर मत्ताला अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

रेड विङ्स एयरलाइन्सले मट्टाला अन्तर्राष्ट्रिय विमानस्थलमा हप्तामा दुई उडान गर्ने भएको छ, जुन विगत दुई वर्षदेखि इन्धन भर्न र आपत्कालीन अवस्थामा डाइभर्ट गरिएका विमानका लागि प्रयोग हुँदै आएको छ ।

पछिल्लो दुई वर्षमा केही कार्गो जहाज र चार्टर्ड उडान पनि विमानस्थलमा अवतरण भएका छन् । श्रीलंका सरकारले मट्टालामा अवतरण गर्न चाहने उडानका लागि केही सहुलियत दिएको छ । श्रीलंकाको कोलम्बोस्थित मुख्य विमानस्थलमा अवतरण र पार्किङ शुल्कमा छुट दिने व्यवस्था गरिएको छ । रासस÷सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?